
काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान राष्ट्रिपति भवन शितल निवास पुगेर ७ वटै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा कोसी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए ।
भेटका क्रममा उनीहरुले आफ्नो–आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएको राष्ट्रिपतिको कार्यालयले जनाएको छ ।