काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् ।
कांग्रेसको केन्द्रीय समितिको बैठकमा बस्नेतले थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका थिए । उनले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लगाएका थिए । उनले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाएका थिए ।

उनले भनेका छन्– ‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो । बाहिर पनि लाग्नुभयो, संसद्मै पनि लाग्नुभयो, तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्यो ।’
बुधबारको पार्टी बैठक पछि बस्नेतको उक्त आरोपप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर फोहोरी बन्न नचाहने बताए । बस्नेतको बोलीप्रति टिप्पणी गर्दै थापाले भने– ‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ ।आमाले भन्नुहुन्थ्यो फोहोर नचलाउनु फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’
कांग्रेसको केन्द्रीय समितिको बैठक १६ असारदेखि जारी छ ।














