
काठमाडौं । पत्रकार दिलभूषण पाठकको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासमा हुने भएको छ ।
साइबर क्राइमको मुद्दा दर्ता भएपछि आज अदालत उपस्थित भएका उनको बयान र बहसका लागि न्यायाधीश भट्टको इजलासमा पेसी तोकिएको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले न्यायाधीश भट्टको इजलासमा पाठकको बयान र त्यसपछि बहस हुने जानकारी दिए।
पाठकले काग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको होटल हिल्टन किनेको लगायत सामग्री युट्युबमा प्रसारण गरेपछि उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि ब्यूरोले अदालतमा मुद्दा दर्ता गरेको हो ।














