Logo
Logo

पूर्वपश्चिम राजमार्गको विनयी खोलामा पक्की पुल सञ्चालन


441
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किबासको विनयी खोलामाथिको नयाँ पक्की पुल सञ्चालनमा आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा निर्माण सम्पन्न भएसँगै आजदेखि नयाँ पुलबाट सवारी आवागमन सुचारु गरिएको हो ।

आजबाट नयाँ पक्की पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो ।

पुलमा क्षति भएपछि सडक डिभिजन कार्यालय भरतपुरले अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन संचालनमा ल्याएको थियो । तर, वर्षासँगै आएको बाढीले नौ पटक डाइभर्सन बगाएको थियो । विनय खोलाले अघिल्लो साता यात्रु सवार बससमेत बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्