Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण

378
Shares

स्पेन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको भ्रमण गरेका छन् । स्पेनको औपचारिक भ्रमणका क्रममा मेड्रिड पुगेका प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गरे ।

The current image has no alternative text. The file name is: kp-oli.gif

उनले प्रधानमन्त्रीलाई अत्याधुनिक रङ्गशालाको अवलोकन गराउँदै यसको ऐतिहासिक र प्राविधिक पक्षबारे जानकारी गराए । भ्रमणका क्रममा ओलीले रङ्गशालाको अत्याधुनिक सुविधा, खेल मैदान, म्युजियम र क्लबको गौरवशाली इतिहासबारे चासो राखे । 

रियल मेड्रिडको स्मृति चिन्हसमेत प्राप्त गरेका उनले क्लबको व्यवस्थापन र सफलताको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले रङ्गशालाको प्राविधिक उत्कृष्टता र फुटबलप्रतिको विश्वव्यापी उत्साहले आफूलाई प्रभावित पारेको बताए । 

प्रतिक्रिया दिनुहोस्