Logo
Logo

सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त


2k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको छ । मुख्यमन्त्री कार्यालयले उनलाई बर्खास्त गरिएको जानकारी गराएको हो । 

The current image has no alternative text. The file name is: chaudhari.gif

मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् । केही दिनअघि उनले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए, तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट गत जेठ ४ मा मन्त्री बनेका चौधरीले राजीनामा दिएका थिएनन् । 

चौधरीको नाम कृषि मन्त्री हुँदा अनुदानमा पावर टिलर वितरणको बहानामा किसानबाट रकम असुलेको प्रकरणमा मुछिएको थियो । यो घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसअघि, नाउपाकै अर्का मन्त्री लक्ष्मणकिशोर चौधरीले दिगो वन व्यवस्थापन कार्यविधिमा आर्थिक अनियमितताको योजना बनाएको आरोपमा राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वर चौधरीलाई मन्त्री बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्