Logo
Logo

उपनिर्वाचन उम्मेदवारबारे रास्वपाले के निर्णय गर्‍यो ?


1k
Shares

काठमाडौं । बिहीबार पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वापाको सचिवालय बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न प्रस्तुत उम्मेदवार छनोट विधिमाथि छलफल भएको छ । प्राप्त सुझावहरूलाई समेटेर आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार छनोट विधि पारित गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: kabindra.gif

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म र गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्मा विरोध कायम राख्ने निर्णय गरेको छ । सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको मागमा अडान कायम राख्दै संसद्मा निरन्तर विरोध गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

यस्तै, बैठकले राज्य व्यवस्था समितिबाट पारित निजामती विधेयकमा प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको अनियमित हेरफेरलाई संसद्को सार्वभौमिकतामाथिको प्रहार ठहर गरेको छ । विधायकी स्वतन्त्रतामाथि आँच पु¥याउने गरी भएको यो अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गरिएको बुर्लाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्