काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को सम्बन्धीत प्रणालीमा समस्या आएपछि सबै सेवाहरू बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो ।

‘असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ’ सूचनामा उल्लेख छ ।