Logo
Logo

राजेशपायलको ‘पनुनुमा तरेमा…’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३२ साउन । नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईको स्वरमा लिम्बू भाषाको गीत सार्वजनिक भएको छ । भर्सटायल गायकका रुपमा चर्चित राजेशपायलले गाएको ‘पनुनुमा तरेमे’ गीतलाई भिडियोमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा गायक स्व. खेमराज गुरुङको रचना र संगीतमा रहेको छ । उक्त गीतलाई यासेली योङहाङले लिम्बू भाषामा अनुवाद गरेका हुन् । गायक राजेशपायलकै अफिसियल यु–ट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोलाई लोकेन साँबा लिम्बूले निर्देशन गरेका हुन् । उक्त भिडियोमा मनि चाम्लिङ, निशा पोमु लिम्बू र मदन दुमी राईले अभिनय गरेका छन् ।
सिल्भर इन्टरटेन्मेन्टले व्यवस्थापन गरेको भिडियोमा गरिमा डान्स सेन्टर धरानको विद्यार्थीहरुले नृत्य गरेका छन् । भिडियोमा भूपेन्द्र तुम्बाहाम्फेको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्