Logo
Logo

एलिशको यो गीत ‘१८ वर्षमा माथिका लागि’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३२ साउन । -यापर एलिश नेपकिङको फरकशैलीको नयाँ गीत सार्वजनिक भएको छ । ‘जे पनि चल्छ जहाँ पनि चल्छ’ बोलको गीतलाई उनले ग्याङ्स्टर र्याप नाम दिएका छन् । जुन गीतलाई उनले आफ्नै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा एक्स सरकार र एक्स ट्रिक्सको पनि स्वर छ । गीतमा नेपाली समाजमा भइरहेको घटनाक्रमको भाव पाइन्छ । आकर्षक तरिकाले प्रस्तुत गरिएको भिडियोमा विशेषगरि वर्तमान युवापुस्ता र समाजमा घटिरहेको घटनाक्रमलाई उजागर गर्ने प्रयास गरिएको छ ।
उक्त गीत तथा भिडियो कसैलाई असर नपरोस् भन्ने सोचका साथ र्यापर एलिशले १८ बर्ष माथिका लागि मात्र रहेको बताएका छन् । सुरेन्द्र गुरुङ हाकिमले यस गीतको भिडियोको निर्देशन गरेका हुन् । प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा छायाँकन सुजन श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्