Logo
Logo

सशस्त्रको बढुवा रोक्ने को ?


15.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त रहेको डिएसपीदेखि डिआइजीसम्मको बढुवा गर्न पटक पटक ताकेता गर्दा पनि गृहमन्त्रीले रोकेका छन् । गृहमन्त्री रमेश लेखकले सुदुरपश्चिमका जुनियर १६ जना डिएसपीलाई एसपीमा बढुवा गर्नुपर्ने दबाब दिएपछि रोकिएको हो ।

सशस्त्र प्रहरीमा लामो टकरावपछि गत महिना एआईजीमा बढुवा भएपछि अहिले एक डिआइजी रिक्त रहेको छ । छ । सो पदमा मनिष थापालाई बढुवा गर्ने तयारी छ । प्रहरी महानीरिक्षक राजु अर्यालले सशस्त्रमा रोकिएको बढुवा खुलाउन एक पटक प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसँग भेटघाट गरिसकेका छन् । गृहमन्त्री लेखक र गृहसचिव गोकर्णमणी दुवाडीले स्वार्थका कारण सशस्त्रका बढुवा रोकिएको स्रोतको दावी छ ।

डीआईजी गणेश ठाडा मगरको एआईजीमा बढुवा भएसँगै रिक्त भएको डीआईजी पदमा बढुवाका लागि कुरा नमिल्दा रोकिएको छ । वरिष्ठताका आधारमा कृष्णराज पाठक र मनिष थापा बढुवाका दाबेदार हुन् । पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकृत हुन् भने थापा सिंस १ का अधिकृत हुन् ।

सिंस २ का दुई जना गत फागुनमा डीआईजी भइसकेका छन् । दिपेन्द्र कुँवर र विष्णु भट्टलाई गत माघमा बढुवा गर्दा थापालाई छुटाइएको थियो । राजनीतिक लबिइङ नभएका र बिन्दास शैलीका थापा यसपटक बढुवाको सिढीमा छन् । सिंस नम्बर २ कै अधिकृतहरु अहिले डीआईजी बढुवामा लागेपछि विवाद भएको हो । राजनीतिक रुपमा सिंस २ का अधिकृतहरु शक्तिशाली छन् ।

सोही कारण सशस्त्र प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाउन सकेको छैन । डीआईजी बढुवा रोकिदा तल्लो तहको बढुवा समेत प्रभावित बनेको छ । साउन लागेपछि तत्कालै बढुवा प्रक्रिया सुरु गर्न नमिल्ने भएकाले असारभित्रै डीएसपी, एसपी, एसएसपी र डीआईजीको बढुवाका लागि सूचना निकाल्नुपर्ने छ । प्रहरी महानीरिक्षक राजु अर्यालले यो विषयमा धेरै पटक गृहमन्त्री रमेश लेखकलाई जानकारी गराएपनि पछिल्लो व्याचका नपर्ने भएपछि सहमति दिन सकेका छैनन । डीएसपी र एसपीको बढुवा सशस्त्र मुख्यालय र एसएसपी र डीआईजीको बढुवा गृह मन्त्रालयबाट हुने गर्छ ।

स्रोतका अनुसार, साउन लागेपछि पनि बढुवा गर्नेगरी असारभित्रै सूचना निकालेर बढुवा प्रक्रिया अघि बढाइने भनिएपनि गृहमन्त्री लेखकले सहमति नदिएपछि रोकिएका छन् । सशस्त्र प्रहरीमा हाल डीआईजीको एक पद रिक्त छ । सुरुमा डीआईजीको लागि आवेदन खुलाइने र त्यसपछि अन्य पदमा क्रमशः आवेदन खुलाउनु पर्नेछ । स्रोतका अनुसार, माथिल्ला पदको पदपूर्ति गर्दै तल्लो तहको पदपूर्ति गर्ने तयारी छ ।

यसरी पदपूर्ति गर्दा तल्लो तहका बढीभन्दा बढी लाभान्वित हुनेछन् । माथिल्लो पदको बढुवा गर्दै जाँदा एसपीमा २२ पद रिक्त हुने छ । यो पटक एसपीमा सिसं ३, साढे ३ र सिसं ४ को सशस्त्र प्रहरी निरीक्षक बेसिकको टोली बढुवामा पर्ने छन् । सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एक जना डीएसपी यो पटकको बढुवामा पर्नेछन् । यसअघि कारबाहीमा परेकाले उनको बढुवा हुन सकेको थिएन ।

यस्तै, साढे ३ टोलीका ६ जना पनि एसपीको दाबेदार छन् । सिसं ४ टोलीको अन्तिम अन्तिम सूचीतिर सुदूरपश्चिमका धेरै जना रहेकाले गृहमन्त्री रमेश लेखकले उनीहरूलाई मौका दिँदा वरीयतामा अघि रहेका इमानदार, योग्य र स्टाफ कलेज गरेकाहरूमा छुट्ने संभावना बढेको छ ।

यसैबीच मनाङका एसपी टोपबहादुर डाँगीले विपदको समयमा ७० प्रतिशत जनशक्ति छाडेको विषयमा गृहमन्त्रालयले सशस्त्र प्रहरी प्रधानकार्यालयलाई पत्रचार गरेको छ । बारामा राम्रो कमाण्ड गर्न नसकेर फिर्ता भएका डाँगीलाई मनाङ तालिम केन्द्रमा पठाइएको थियो । त्यहाँ तालिमरत मध्ये ७० प्रतिशत जनशक्तिलाइए ‘आउट’छाडेकोको उजुरी गृहमन्त्रालयमा परेपछि सशस्त्र प्रहरी मुख्यालयलाई जानकारी दिन पत्रचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्