Logo
Logo

काठमाडौं महानगरको बजेट आइतबार आउने


693
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी आइतबार दिउँसो २ बजे नगरसभा बोलाएका छन् ।

शुक्रवार काठमाडौं प्लाजास्थित सभाहलमा बसेको ४०औँ नगर कार्यपालिका बैठकमा मेयर शाहले यो जानकारी दिएका हुन् । साथै, सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक पनि बोलाइएको छ । शुक्रवारको बैठकमा मेयर शाहले २४ वटा एजेन्डामध्ये एउटा मात्रै एजेन्डा राखिएको बताए ।
 
साथै आजको बैठकले  महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सीमा पनि निर्धारण गरेको छ ।  महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोडको बजेट ल्याउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्