
काठमाडौं । दाङको लमही–घोराही सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढीले मसोट खोलाको डाइभर्सन बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि घोराही–लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार डाइभर्सन मर्मतको काम भइरहेको छ । यसअघि आकस्मिक रूपमा मसोट खोलाको पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिएको थियो ।
पुलबाट ठूला गाडीहरुको आउजाउ बन्द गरिएपछि अत्यावश्यक सवारी साधन सन्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सन्चालनमा ल्याइएको थियो । सोही डाइभर्सन पनि आज बिहान बाढीले बगाएपछि सडक पुन अवरुद्ध बनेको छ ।














