Logo
Logo

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न परराष्ट्रमन्त्रीको निर्देशन


441
Shares

काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको उत्तराखण्डमा बाढीमा परेर बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल थालेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री राणाले हराएकाहरुको खोजी र उद्धारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन् ।


‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारुकताका साथ लाग्न निर्देशन दिएकी छु’, मन्त्री राणाको भनाइ छ ।

साथै उनले बाढीमा परि केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागेको उल्लेख गर्दै ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्