Logo
Logo

लेखा समितिले गरायो बेरुजु फछ्र्यौटमा सरकारको ध्यानाकर्षण


252
Shares

काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फछ्र्यौटका लागि राज्यका निकायलाई जवाफदेहि बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

The current image has no alternative text. The file name is: lekaha-samiti.gif

सिंहदरबारमा शुक्रवार बसेको समिति बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले कानुनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले चालू आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट वर्षका रूपमा अभियान कै रूपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

उनले विभिन्न कार्यालयमा सरुवा गरी पठाउने लेखा सम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए । 

बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गएपनि त्यहि अनुसार फछ्र्यौटको काम पनि अघि बढेको बताए । उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरुले बेरुजु फछ्र्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जबाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्