Logo
Logo

झलनाथलाई ओलीकै सेवामा लाग्न नेपालको सुझाव  


3k
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गरेकोमाथि प्रश्न उठाएका सम्मानित नेता झलनाथ खनाललाई जवाफ फर्काएका छन् । संविधान मिचेर संसद् भङ्ग गरेको कुराको विरोध गरेको र त्यो गल्ती नभएको नेपालको भनाइ छ । 

The current image has no alternative text. The file name is: madhab-jhalanath.jpg

काठमाडौंमा शुक्रवार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेबाट विद्रोह गर्नु सही भएको बताए । एमालेमा कुनै ठाउँ नरहेपछि विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । सम्मानित नेता खनालले विद्रोहको औचित्यमाथि प्रश्न उठाएकामा अध्यक्ष नेपालले आलोचना गरेका छन् । एमालेमा फर्किएर गएका नेताहरूको अवस्था पनि नेपालले स्मरण गराएका थिए ।

पार्टीको हित र प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिनु सही नभएको अध्यक्ष नेपालको भनाइ छ । उनले भने ‘पार्टीको प्रतिष्ठा बढाउन, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ, विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने ? किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि  । हामीले ठिक गरेका छौँ । दृढताका साथ पहल गरेका छौँ ।’

तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासन उलङ्घन गरेर संविधान मिचेर संसद् विघटन गरेको नेपालको भनाइ छ । संसद् पुनर्स्थापनाका लागि तत्कालीन अवस्थामा विद्रोह गरेको बताउँदै नेपालले ओलीले दोस्रो पटक पनि संसद् विघटन गरेको स्मरण गर्दै भने, ‘त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो ? केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ?’

एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु सही भएको बताउँदै नेपालले भने,  ‘संविधान जोगाउने मात्रै होइन, कम्युनिस्ट आन्दोलन बदनाम गर्ने काम भइरहेको थियो, हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’  

प्रतिक्रिया दिनुहोस्