Logo
Logo

‘ओलीले कति वेला के गर्छन् कसैलाई थाहा हुँदैन’


1.9k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोटो समयमा बुझ्न नसकिने बताएका छन् । प्रेस चौतारीले धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ओलीलाई बुझ्न अध्ययन–अनुसन्धान गर्नुपर्ने बताए । 

The current image has no alternative text. The file name is: lekharaj-bhatt.gif

उनले भने, ‘तपाईँ हामीले केपी ओलीलाई छोटो समयमा बुझ्न सक्दैनौँ ।  मैले बुझेको छु, यहाँ म भन्दा लामो सङ्गत गरेकाहरू हुनुहुन्छ। उहाँहरूले बढी बुझ्नुभएको होला ।’ 

ओलीले कतिखेर के कदम चाल्छन् भन्ने कुरा पनि कसैले बुझ्न नसक्ने उनले बताए । ‘चालेपछि बल्ल थाहा हुन्छ,’ उनले भने । ओली एउटा सङ्घर्षबाट आएको नेता भएको उनको भनाइ रहेको छ ।

नेकपा विभाजनका बेला आफूले ओलीलाई बुझेकै कारण एमालेमा लागेको बताउँदै उनले भने, ‘मलाई विश्वास थियो केपी ओलीलाई साथ दिनुपर्छ, यो पार्टी बन्छ भन्ने । यतिखेर उभिनुपर्छ, यो नेतृत्वको रक्षा गर्नुपर्छ भन्ने ।’ 

प्रतिक्रिया दिनुहोस्