काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई विभागमा प्रमुख चयन गरेको छ । शुक्रवार बसेको केन्द्रीय समिति बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको हो ।

केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा नवलपुरका गोकुल सापकोटालाई नियुक्त गरेको छ । यस्तै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ नियुक्त गरेको प्रवक्ता मनिष झाले बताए ।











