Logo
Logo

रास्वपाले विदेशमा रहेका नेपालीलाई भोटिङ अधिकार दिलाउन अभियान चलाउने


189
Shares

काठमाडौं । विदेशमा रहेका नेपालीलाई भोटिङ अधिकार दिलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभियान चलाउने भएको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले विदेशमा बस्ने नेपालीका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

The current image has no alternative text. The file name is: rasapa.gif

सभापति रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनलाई छुटाउन राज्यलाई दबाब दिने रणनीतिअन्तर्गत चलाएको हस्ताक्षर र सहयोग सङ्कलन अभियानलाई थप व्यापक बनाउने निर्णय पनि गरेको छ । अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउन सङ्गठन निर्माणका हरेक गतिविधि सँगसँगै जोडेर लैजाने बैठकको निर्णय प्रवक्ता मनिष झाले सुनाए ।

त्यसैगरी पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई आजैबाट पुनस्उक्त जिम्मेवारीमा फर्काइएको छ । रवि लामिछाने गृहमन्त्री भएका बेला हज कमिटीको अध्यक्ष बनेका उनले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । त्यसपछि अहिलेसम्म औपचारिक रूपमा उनलाई पार्टीमा भित्र्याइएको थिएन ।  

रास्वपाले विभिन्न विभाग तथा समितिमा सदस्य मनोनयन पनि गरेको छ । जसअनुसार श्रम तथा उपभोक्ता हित विभागमा काठमाडौँका श्यामबाबु गौतम, श्रम तथा उपभोक्ता हित विभागमा नवलपुरका ललित श्रेष्ठ र सार्वजनिक लेखा समीक्षा विभागमा नवलपुरकै गोकुल सापकोटा प्रमुख तोकिएका छन् ।

मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल (बारा) र पुनम साह (सिराहा)लाई अघि सारिएको छ । 

प्रतिक्रिया दिनुहोस्