Logo
Logo

वाइसिएलका ५ जना पूर्वउपाध्यक्षलाई मोओवादी बनायो केन्द्रीय सदस्य 


1.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले योङ कम्युनिस्ट लिग (वाइसिएल) का ५ जना पूर्वउपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ ।

The current image has no alternative text. The file name is: maobadi.gif

पार्टी स्थायी समिति बैठकको निर्णय शुक्रवार सर्कुलर गर्दै माओवादी केन्द्रले वाइसिएलमा यसअघि उपाध्यक्ष रहेका र उमेरहदलगायत कारणले बिदा भएकाहरूको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको सर्कुलरअनुसार सुजीत ढुङ्गाना, ज्ञानेन्द्रबहादुर गुरूङ, गगनबहादुर मल्ल, मञ्जु बम र केहरसिंह गुरूङ वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् ।

अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकाहरूलाई सोही रूपमा यथावत् कायम राख्ने निर्णय गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्