Logo
Logo

बडिमालिका दर्शन : भीरबाट खसेर दुईजनाको मृत्यु


1.3k
Shares

धनगढी । बडिमालिकामा धार्मिक मेलाको दर्शन गरेर फर्किंदै गरेका अर्का एक व्यक्ति पनि लडेर मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–४ निवासी ७५ वर्षीय डिल्लीराज घोडासैनीको त्रिवेणी नगरपालिका–९ को भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार घोडासैनीको शव करीब २५० मिटर तल भीरमा अड्किएको छ । उद्धार टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार बडिमालिका दर्शन गरेर फर्किरहेका काठमाडौं गोकर्णेश्वर–५ का ५२ वर्षीय विप्लव ओझाको पनि भीरबाट लडेर ज्यान गएको थियो । उनको शुक्रबारमात्र शव निकालिएको थियो । तर, बोकेर ल्याउन सक्ने अवस्था नरहेकाले बाटोमै राखिएको छ । मौसम खुल्नासाथ हेलिकप्टरमार्फत शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्