Logo
Logo

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहको बैठक बोलाएको छ । एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछ ।

यस्तै, पार्टी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ । पतञ्जलि जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा समस्या आएको छ ।

मुद्दा दर्ता हुँदा समेत अध्यक्ष नेपाल पार्टी नेतृत्वमा रहेको भन्दै प्रश्न उठेपछि विवाद चुलिएको हो । यसै विषयमा नेतृ रामकुमारी झाँक्रीलाई पार्टी स्पष्टीकरण समेत सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्