Logo
Logo

झलनाथ खनाललाई भेट्न डल्लु पुगे वामदेव गौतम


1.7k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का तेस्रो वरियताका नेता वामदेव गौतम सम्मानित नेता झलनाथ खनाल भेट्न डल्लु पुगेका छन् । अध्यक्ष माधवकुमार नेपाल र खनालबीच कटुता बढेका बेला उनी शनिवार डल्लुस्थित खनालनिवास पुगेका हुन् । 

The current image has no alternative text. The file name is: jhalanath-1.gif

गौतमको सचिवालयले दुई नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भइरहेको जनाएको छ । ‘समसामयिक राजनीतिक विषयमा हिजोदेखि आजसम्म एक आपसमा सहयोगी भएर हिँड्नुभएका कमरेडहरूको छलफल कमरेड झलनाथ खनालको निवास डल्लुमा चलिरहेछ,’ सचिवालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्