Logo
Logo

जनताले चाहे सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर


945
Shares

कैलाली । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले जनताले चाहेमा अहिलेको शासन सत्ता तत्काल ढल्ने बताएका छन् । सङ्घीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजित ‘जनजागरण अभियान’ मा बोल्दै उनले थारु र मधेशी समुदायले अधिकार र पहिचानका लागि सयौँ बलिदानी दिए पनि अधिकार नपाएको गुनासो गरे ।

The current image has no alternative text. The file name is: mahnt-thakur.gif

ठाकुरले भने, ‘वर्षौँदेखि जरा गाडेको राजतन्त्र जनताले अस्वीकार गर्दा ढल्यो, अहिलेको सत्ता पनि जनताले चाहेमा एकैछिनमा ढल्छ ।’

उनले देशमा सङ्घीयता आए पनि वास्तविक अधिकार नपाएको बताए। मोर्चा गठनको उद्देश्य अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नु रहेको उनको भनाइ छ । यो अभियानले थारु र मधेशी समुदायको हक अधिकार सुनिश्चित गर्न जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस्