Logo
Logo

पर्वतमा पहिरोले जिप पुर्‍यो


567
Shares

काठमाडौं । पर्वतको मोदी गाउँपालिका-४, क्याङमा गएको पहिरोले एउटा जिप पुरिएको छ । लेस्पारबाट कुश्मातर्फ जाँदै गरेको उक्त जिप बाटो हिलो भएर फसेको थियो ।

The current image has no alternative text. The file name is: parbat-1.gif

सोही क्रममा माथिबाट आएको पहिरोले जिपलाई पुरेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

‘जिप फसेपछि त्यहाँ रहेका सबै यात्रु सुरक्षित स्थानमा सरेका थिए,’उनले भने, ‘केही समयपछि माथिबाट पहिरो खसेर जिप पुरिएको थियो ।’उनले दिएको जानकारीअनुसार, यो घटना शनिवार दिउँसो भएको हो । हाल जिपलाई पहिरोबाट निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्