Logo
Logo

कैलाली कारागार झडप : गृहमन्त्री र सुदूरका मुख्यमन्त्रीबीच आकस्मिक भेटघाट


3.1k
Shares

काठमाडौं । कैलाली जिल्ला कारागारमा शुक्रवार मध्यरातमा भएको रक्तपातपूर्ण झडप र एक कैदीको मृत्युपछि उत्पन्न तनावले केन्द्र र सुदूरपश्चिम प्रदेश सरकार गम्भीर बनेका छन् । घटनाको समीक्षा र आगामी रणनीति तय गर्न गृहमन्त्री रमेश लेखक र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिवार आकस्मिक भेट भएको छ ।

The current image has no alternative text. The file name is: ramesh.gif

भेटमा कारागारको भयावह अवस्था, सुरक्षा चूक, शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे छलफल भएको छ । शुक्रवार राति ‘नन्दु सरकार’ उपनामले चिनिने नवीन रावलको समूहले पर्खाल फोडेर अर्को समूहका कैदीमाथि खुकुरी, रड र चक्कुले आक्रमण गरेको थियो ।

यो हमलामा ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते छन् । यो घटना ‘नन्दु सरकार’ र जयन्द्र शाह समूहबीचको लामो समयदेखिको दुस्मनीको परिणाम हो, जुन २०७८ को भूपेन्द्र बडूवाल हत्याकाण्डसँग जोडिन्छ । 

कारागार प्रशासन र जिल्ला सुरक्षा संयन्त्रको लापरबाहीले घटना निम्तिएको देखिन्छ । बिहीबार दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भए पनि प्रशासनले सतर्कता अपनाएन । हाल कारागार कैदीको नियन्त्रणमा छ, जसले गेटमा ताला लगाएर सुरक्षाकर्मीलाई प्रवेश रोकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्