Logo
Logo

‘रविको धरौटी रकम परिवार र शुभचिन्तकले सहयोग गरेको हो’


3.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वागलेले सभापति रवि लामिछानेको धरौटी रकम जुटाउन पारिवारिक स्रोत र शुभचिन्तकहरूको सहयोग रहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख रुपैयाँभन्दा बढीको बैङ्क ग्यारेन्टी बुझाएपछि रकमको स्रोतबारे प्रश्न उठेको थियो ।

The current image has no alternative text. The file name is: swarnim-wagle.jpg

वागलेले भने, ‘यो व्यक्तिगत विषय हो, पार्टीले यस्तो रकम जुटाउन सकेको छैन । रविजीको बहिनीले जग्गा बेचेर र श्रीमती निकिताजीसहित शुभचिन्तकहरूबाट सहयोग जुटेको हो ।’ उनले चितवनमा जनताले लालपुर्जासहित सहयोग गरेको उल्लेख गरे ।

पार्टीले कानुनी लडाइँका लागि ‘कानुनी प्रतिरक्षा कोष’ स्थापना गरेको र हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको उनले बताए । यो अभियानलाई ‘जनताको आवाज’ को दस्तावेजीकरण भन्दै वागलेले लोकतान्त्रिक भावनासँग जोडे । लामिछानेले रुपन्देही जिल्ला अदालतमा थुना बाहिरबाट मुद्दा लड्न निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्