Logo
Logo

नेपाल र झलनाथबीचको आरोप-प्रत्यारोप ‘बेमौसमको बाजा’ : चन्द्र भण्डारी


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीचको सार्वजनिक आरोप९प्रत्यारोपप्रति टिप्पणी गरेका छन् । उनले विवादले राष्ट्र र जनतालाई कुनै लाभ नहुने भन्दै यसलाई ‘बेमौसमको बाजा’ को संज्ञा दिए । 

The current image has no alternative text. The file name is: chandra-bhandri.jpg

शनिवार सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्दै भण्डारीले दुई वरिष्ठ नेताको व्यवहारले नयाँ पुस्तामा निराशा फैलिएको र उनीहरूबाट प्रेरणा लिनुपर्नेमा उल्टै नकारात्मक सन्देश प्रवाह भएको बताए । उनले नेताहरूको पदअनुसारको मर्यादित व्यवहार नदेखिएकोमा असन्तुष्टि जनाए ।

सामाजिक सञ्जालमा उनले लेखे, ‘यो व्यवहार किमार्थ सुहाउँदैन १ कठिन समयमा पार्टी र देशको नेतृत्व गरेका, यथास्थितिको विकल्प खोज्दै नयाँ पार्टी बनाएका आदरणीय माधव नेपालजी र झलनाथ खनालजीको यो जुहारीले राष्ट्र र जनहितलाई कुनै योगदान दिँदैन । यो त बेमौसमको बाजाजस्तै भएको छ। नयाँ पुस्ताले अनुकरण गर्ने आदर्श प्रस्तुत गर्नुपर्नेमा यस्तो शैली र शब्द प्रयोगले निराशा मात्र फैलाएको छ । तपाईँहरू हाम्रा पनि नेता हो, नयाँ पुस्ताले के सिक्ने र के अनुसरण गर्ने ?’

प्रतिक्रिया दिनुहोस्