Logo
Logo

शिक्षक महासङ्घका पदाधिकारीहरूको समितिमा एउटा सहमति गरेर बाहिर अर्कै बयान


2k
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विधेयक शिक्षक र विद्यार्थीप्रति उत्तरदायी रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: amar-thapa.gif

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाले शिक्षा विधेयक जागिरेमुखी नभएर उत्पादनमुखी शिक्षा हुनुपर्छ भनेर विधेयकलाई अघि बढाइएको बताए । 

उनले शिक्षक महासङ्घका पदाधिकारीहरूले आफूहरूसँग एउटा सहमति गरेर बाहिर अर्को बोल्ने गरेको बताए । 

सभापति थापाले आफूले महासङ्घका अध्यक्ष, महासचिवलगायतसँग पटक–पटक छलफल गरेको र प्रायः जसो सबै विषय सहमतिमै टुङ्ग्याइएको जानकारी दिए । 

महासङ्घले अहिले अस्थायी शिक्षक सबैलाई स्थायी गराउन भनिरहेको तर सरकारले त्यसलाई स्वीकारनगरेको उनले बताए । 

समितिका सभापति थापाले अब अस्थायी शिक्षकलाई प्रतिस्पर्धा गर्नका लागि उमेरहद नलाग्ने र उनीहरूले आयोग पास गर्न सकेनन् भने गोल्डेन ह्याण्डसेकमार्फत विदाइ गरिने व्यवस्था ऐनमा समावेश गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्