
काठमाडौं । जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
हिजाे साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउने छ। साेमबारको प्रदर्शनमा देशभर गरेर १९ जनाको मृत्यु भएको छ।














