
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार सुनसरीको इटहरीमा मृत्यु भएका एक युवकको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सककले मृत घोषणा गरेका थिए ।
मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको भने सनाखत नभएको सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।
जेनजीले गरेको आन्दोलनका क्रममा सोमबार काठमाडौंमा १७ जनाको र इटहरीमा २ जनाको मृत्यु भएको थियो । देशैभर गरी ४२२ जना घाइते भएका छन् ।














