Logo
Logo

ललितपुरको विभिन्न ठाउँमा करफ्यु आदेश जारी


1.4k
Shares

काठमाडौं । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कफ्र्यु आदेश जारी गरेको छ । आज (मंगलबार)बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि ललितपुरका विभिन्न स्थानमा कफ्र्यु लगाइएको हो ।

ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

त्यस्तै वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कफ्र्यु आदेश लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्