Logo
Logo

संसद भवन अगाडि बिहानैदेखि सुरू भयो प्रदर्शन


693
Shares

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद् भवन अगाडि भेला हुन थालेका छन् । मङ्गलवार बिहानदेखि संसद् भवन अगाडि भेला भएर नाराबाजी गर्न थालेका हुन् ।

The current image has no alternative text. The file name is: Baneshwor-at-morning.jpg

उनीहरूले संसद् भवनको मूल गेटअगाडि भेला भएर प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन् । प्रहरीले भने मानिसहरू सोमबारको प्रदर्शनपछि मानिसहरू बानेश्वर क्षेत्रको अवस्था हेर्न आएको भनेको छ । 

प्रशासन कार्यालयले मङ्गलवार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ । सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्