Logo
Logo

कलंकीमा टायर बालेर बिहानैदेखि जेनजीको प्रदर्शन


252
Shares

काठमाडौं । सोमबार १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन सुरु गरेका छन् । जेनजीले काठमाडौंको नयाँ बानेशवर, कलंकी लगायत विभिन्न स्थानमा भेला भएर बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन् ।

कलंकीमा टायर बालेर जेनजीको प्रदर्शन भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्किएका हुन् ।

भ्रष्टाचार, बेथिति र अमियमितता र सामाजिक सञ्जाल प्रतिवन्धको विरोधमा सडकमा उत्रिएका जेनजीहरुको शान्तिपूर्ण प्रदर्शन उग्र बन्दा सोमबार देशभर १९ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्