
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओली नेतृत्वको सरकारमा साझेदार बन्न नसकिने बताएका छन् ।
सोमबार जेनजीको प्रदर्शनमा १९ जना मारिएपछि नेता थापाले सामाजिक सञ्जालमार्फत कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहननहुने भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका हुन् ।
‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’, उनले भनेका छन्, ‘रातभर सुत्न सकिनँ । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’














