Logo
Logo

आन्दोलनकारीले लगाए हिल्टन होटलमा आगो


504
Shares

काठमाडौं । आन्दोलनकारीहरुले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् । सोमबार १९ जनाको मृत्युभएपछि आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज झन आन्दोलन चर्काएका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा आागजनी तथा तोडफोडसहित प्रदर्शन भइरहेको छ ।

शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार आगजनी तथा ढुंगामुढा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्