काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मङ्गलवार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

त्यसैगरी संसद् भवनभित्रका सामान झिकेर प्रदर्शनकारीले जलाउन थालेका छन् ।














