काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ । तीनकुनेबाट बानेश्वरतिर आइरहेका आन्दोलनकारीसँग नेपाली सेना र सशस्त्र प्रहरीले चलाउने अटोमेटिक राइफल देखिएको हो ।

भिडमा देखिएका ती युवकले हातमा बोकेको बन्दुक तेर्साउँदै नारा जुलुस गरिरहेका छन् । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ ।














