Logo
Logo

कोशी प्रदेश सभाहलमा आगजनी


315
Shares

विराटनगर । कर्फ्यू उल्लङ्घन गर्दै आन्दोलनकारीहरू कोशी प्रदेश सभा भवनमा प्रवेश गरेर प्रदेशसभा भवनमा आगजनी गरेका छन् । विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा भवन अगाडि बिहानदेखि नै झडप भइरहेकोमा प्रहरीको सुरक्षालाई पन्छाउँदै प्रदर्शनकारी प्रदेशसभाभित्र प्रवेश गरेका हुन् ।

The current image has no alternative text. The file name is: koshi.gif

प्रदेशसभामा छिरेपछि प्रदर्शनकारीले सभाहलमा आगो लगाएका हुन् । सुरक्षाकर्मी पनि प्रदर्शनकारीको सामू निहिर बनेका छन् । विराटनगरको अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ । नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

सोमबार देशभर सुरु भएको जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि आक्रोशित प्रदर्शनकारीको समूहले सडक नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्