काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।














