
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीको घरमा आगजनी तथा तोडफोड भएको छ ।
सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित भएका आन्दोलनकारीहरुले आज रवि भवनस्थित चौधरीको घरमा पुगेर तोडफोड तथा आगजनी गरेका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई छाड्ने तयारी भएको छ । जेनजी आन्दोलन चर्किँदै गएपछि सरकारी ठगी प्रकरण सम्बन्धी मुद्दामा नख्खुस्थित कारागारमा रहेका लामिछानेलाई परिवारको जिम्मा लगाउने तयारी भएको हो ।














