काठमाडौं । काठमाडौंका मेयर बालेन साहले जेनजी पुस्ताले गरिहरहेको आन्दोनलबारे मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा संयमित रहन जेनजीलाई आह्वान गरेका छन् ।

उनले लेखेका छन्– य Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।














