Logo
Logo

विशेष अदालतमा पनि आगजनी


504
Shares

काठमाडौं । प्रदर्शनकारीहरुले विशेष अदालत काठमाडौंमा पनि आगजनी गरेको छ । आक्रोशित जेनजी युवाहरुले अदालतका दस्तावेज, कागजहरू सडकमा फालेर आगजनी गरेका छन् ।

त्यस्तै, अदालत परिसरमा रहेका सवारी साधनहरूमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्