काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तीलाई प्रदर्शनकारीहरूले निर्घात कुटपिट गरेका छन् । देउवा र पत्नी आरजु राणालाई उनको निवास बुढानिलकण्ठमा कुटेका हुन् ।

सोमबार भएको प्रदर्शमा १९ जनाको ज्यान गएपछि आक्रोशित जेनजी आन्दोलनकारीहरुले देउवा निवासमा तोडफोड तथा आगजनी गरेका छन् । सोही आगजनी भएको घरमा देउवा दम्पत्तीमाति निर्घात कुटपिट भएको हो ।














