काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरू छिरेका छन् । राज्यका अङ्गहरूमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मङ्गलवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन् । बालुवाटार छाडेर उनी अज्ञातस्थलतर्फ लागेको जनाइएको छ ।














