काठमाडौं । झापाको दमकस्थित दमक भ्यू टावरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मङ्गलवार देशभर आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले उक्त टावरमा आगो लगाएका हुन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन जारी छ । उग्र रूपमा प्रस्तुत भएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा पनि आगजनी गरेका छन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रमुख राजनीतिक दलका नेताहरूको घर र कार्यालयहरूमा समेत आगजनी भइरहेको छ ।
संसद् भवन परिसरमा जेनजी युवाहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर गोली चलाएका छन् । सिंहदरबार आसपासको क्षेत्रमा प्रदर्शनकारीहरूले गेटमा तैनाथ सुरक्षाकर्मीको हतियार खोसेर प्रयोग गरेका हुन् । प्रदर्शनकारीहरूले आगजनी र उग्र गतिविधि जारी राखेका छन् ।














