Logo
Logo

सिभिल अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु


0
Shares

काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मङ्गलवार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए ।

The current image has no alternative text. The file name is: civil-hospital.gif

जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए ।

यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल  १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्