
काठमाडौं । नेपाली सेनाले परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको भनदै संयमता अपनाउन सबैमा अपिल गरेको हो ।
सौथ सेनाले जेन जी प्रदर्शनमा मारिएका दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ ।
आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको हो ।
‘देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,’ सेनाको अपिलमा भनिएको छ, ’यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं ।’
नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।












