Logo
Logo

प्रदर्शनकारीले घरमा आगो लगाउँदा झलनाथ पत्नी जलेर गम्भीर घाइते


1.6k
Shares

काठमाडौं । जेनजी प्रदर्शनकारीले घरमा आगो लगाउँदा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएकी छिन् ।

The current image has no alternative text. The file name is: jhalanth.gif

खनाल निवास डल्लुमा प्रदर्शनकारीले मङ्गलवार बिहान आगो लगाएका थिए । उनी घरभित्रै रहेका बेला प्रदर्शनकारीले आगो लगाएकाले उनी गम्भीर घाइते भएकी हुन् । 

प्रदर्शनकारीले आगो लगाइरहँदा उनी छोरा निर्भिक खनालसँग घरमै थिइन् । आगाको लप्कामा परेपछि उनलाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँको सघन उपचार कक्षमा राखिएको भए पनि कीर्तिपुर बर्न अस्पताल  लैजाने तयारी भइरहेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाललाई भने नेपाली सेनाले घर आगजनीअघि नै उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्