
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालय पुगेर आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट आक्रोशित युवाहरुले सिंहदरबारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।
सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् । सामाजिक सञ्जाल बन्द, व्याप्त बेथितीको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरू केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा समेत आन्दोलन रोक्न तयार छैनन् ।














